सुनको भाउ आज पनि घट्यो

हेटौंडा खबर
३ फाल्गुन २०७७, सोमबार ११:०३

आज सोमबार पनि सुनको भाउमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक सय रुपैयाँ घटेर ९० हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेको हो । त्यस्तै तेजावी सुन आज ९० हजार २०० रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ भने बढेको छ । हिजो प्रतितोला एक हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ३४० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*