हेटौंडामा डीडीसीकै उत्पादन गुणस्तरहीन, हेटौंडा दुग्ध वितरण आयोजनाबिरुद्ध मुद्दा 

हेटौंडा खबर
३ फाल्गुन २०७७, सोमबार २२:२८

सरकारी स्वामित्वको दुग्ध बिकास सस्थांन (डीडीसी)अन्तर्गतको हेटौंडा दुग्ध वितरण आयोजनाले अखाद्य पदार्थ तथा न्युन गुणस्तरको खाद्य पदार्थ बिक्रि गर्ने गरेको पाइएको छ ।

हेटौंडा औधोगिक क्षेत्रमा रहेको सरकारी स्वामित्वको डीडीसीको उत्पादनमा न्युन गुणस्तरको खाद्य पदार्थ फेला परेको र सस्थांनबिरुद्ध मुद्दासमेत दायर गरिएको पाइएको हो ।

न्युन गुणस्तरको खाद्य पदार्थ बिक्रिवितरण गरेको पाइएपछि गत मङ्सिर २१ गते हेटौंडा दुग्ध वितरण आयोजनाबिरुद्ध मकवानपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले जनाएको छ ।

त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले लेवल नभएका सामग्री बिक्रि गर्ने हेटौंडा १९ मा रहेको हेटौंडा डेरी इन्ड्रस्ट्रीज प्रालि र हेटौंडा ४ मा रहेको घरसंसार सुपर मार्टबिरुद्द पनि मुद्दा दायर गरेको जनाएको छ ।

हेटौंडा डेरी र घर संसारबिरुद्द लेवल नभएको र म्याद सकिएको सामग्री बिक्रीवितरण गरेकाले गत असोजमा जिल्ला प्रसासन कार्यालय मकवानपुरमा मुद्दा दायर गरिएको बताइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका अनुसार यस आर्थिक बर्षको ७ महिनामा बागमती प्रदेशका मकवानपुर, चितवन र सिन्दुली गरि ३ जिल्लामा १ सय ३९ वटा खाद्य उद्योग अनुगमन गरिएको छ  । कार्यालयले गत श्रावणदेखि माघ महिना सम्ममा २९ पटकमा १ सय ८० वटा खाद्य पसल अनुगमन गरिएको जनाएको छ ।

त्यस्तै ४७ वटा खाद्य नमुना संकलन गरिएकोमा ३ वटा प्रतिकुल भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख वरिष्ट खाद्य अनुसन्धान अधिकृत सोमकान्त रिजालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*