बैठक स्थगित भएपछी उपसभामुखलाई पत्र : सभामुख डोरमणिको ‘रबर स्ट्याम्प’ बने !

हेटौंडा खबर
५ फाल्गुन २०७७, बुधबार १५:४२

बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएपछी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दल बागमती प्रदेशले सभामुखलाई बिरोधपत्र बुझाएको छ।

गत माघ १९ गते बोलाइएको बैठक अघिल्लो दिन स्थगित गरि फागुन ५ गते आज दिउसो २ बजेको लागि बोलाइएको थियो तर अन्तिम समयमा बिहान ६ बजे सभामुखको बिशेष कारणले भन्दै एक सुचना टाँस गरी प्रदेशसभा बैठक अनिश्चितकालको लागि स्थगित गरिएको छ । बैठक स्थगितको सुचना टाँस पछि सभामुख सानु कुमार श्रेष्ठ फोन सम्पर्क भन्दा बाहिर छन् । उता अविस्वासको प्रस्ताव दर्ता गराएका सांसदहरुले पनि बैठक स्थगित गरेर सभामुख बेपत्ता भएको बताएका छन् ।

बैठक स्थगितको बिरोधमा नेकपा प्रचण्ड-माधव पक्षकि संसदीयदलकि नेता अष्टलक्ष्मी शाक्यले सभामुख सम्पर्क बिहिन भएको भन्दै उपसभामुख राधिका तामाङ्गलाई बिरोध पत्र हस्तान्तरण गरेकी छिन् ।
बिरोधपत्र बागमती प्रदेशकि उप सभामुख तामाङ्गले प्रदेशसभाका सचिव कृष्ण हरि खड्कालाई थमाएकि छिन्।

प्रदेशसभा सचिवालयमा आज पत्रकार सम्मेलन गर्दै नेता शाक्यले मुख्यमन्त्री र सभामुखको यो कदमले प्रदेशसभाको उपादेयता समाप्त पार्ने षडयन्त्र भएको बताईन् ।

उनले हिजो मात्र सभामुखकै कार्यकक्षमा राति अबेरसम्म बसेर सत्तापक्ष, प्रतिपक्ष दलका नेता, कार्य व्यवस्था परामर्श समितिका सदस्यहरु समेतको उपस्थितिमा प्रदेशसभाको बैठक तोकिएको कार्य सुची अनुसारनै गर्ने भनि सहमति भएको तर केहि घन्टामै समहती लत्याएर कार्य व्यवस्था परामर्श समितिको बैठक समेत नबसाइ बैठक स्थगित गर्नु अलोकतान्त्रिक भएको बताइन ।

शाक्यले बुझाएको बिरोधपत्रमा मुख्यमन्त्री डोरमणि पौडेलले अविस्वासको प्रस्तावलाई छिटो टुन्गाउनु गर्नेमा त्यसो नगरी सभामुखलाई नै दवाव दिई सभामुखलाई सरकारको रबर स्ट्याम्प बनाईएको र उक्त कार्यको घोर आपत्ती रहेको उल्लेख गरिएको छ ।

पत्रमा लेखिएको छ ” सभामुखको यो कदमले सघियतालाई नै समाप्त पार्ने संघियता बिरोधिहरुको योजनालाई सफल पार्ने कार्य त भैरहेको छैन भन्ने प्रश्न उठेको छ ५६ दिन देखि अल्पमतमा रहेको सरकारको लाचार छाया एबं रबर स्ट्याम्पको रुपमा देखिएको र सभामुखबाटै कानुन मिच्ने कार्य भएको, प्रदेशसभालाई अनिर्णयको बन्दि बनाएको र प्रदेशसभाको मर्यादा, मूल्यमान्यता, स्वतन्त्र भूमिका सबै समाप्त पार्ने काम भएकाले सम्पूर्ण राजमैतिक दललाई यो गलत कार्यको बिरुद्धमा उभिन र यस्ता कार्यको भण्डाफोर गर्दै प्रदेश सभाको महत्व र गरिमाको रक्षा गर्न आब्हान गर्दछौ” ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध गत पौष १० गते अविस्वासको प्रस्ताव दर्ता गरिएको थियो । बागमती प्रदेशको प्रदेशसभाको सातौँ बैठक अधिवेशनको गत माघ ७ गते (प्रथम) र गत माघ ९ गते (दोस्रो) बैठक बसी मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भइ स्थगित गरिएको थियो ।

नेकपा संसदीय दलका ८० सांसदमध्ये ४५ जनाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि पौडेल अप्ठेरोमा परेका छन् ।

प्रदेशसभामा सत्तारुढ नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर पार्टीको दुई र स्वतन्त्र पार्टीका एक गरी ११० जना प्रदेशसभाको सदस्यहरु छन् ।

त्यसैलेपनि सभामुखलाई हातमा लिएर मुख्यमन्त्री डोरमणि पौडेलले अन्तिम समयमा सुचना टाँस गर्दै बैठक स्थगित गराएर आफ़्मो पदीय आयु लब्याईरहेको बुझ्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*