बस्तीपुर जेसीजको आयोजनामा हाँडीखोलामा साहित्यिक कार्यशाला

हेटौंडा खबर
८ फाल्गुन २०७७, शनिबार २०:२१

बस्तीपुर जेसीजको आयोजना तथा नवोदय शिशु सदन हेटौंडाको सहकार्यमा मकवानपुरको मनहरी गाउँपालिका–३ स्थित महेन्द्रज्योति माध्यमिक विद्यालयमा एक दिने साहित्यिक कार्यशालाको आयोजना भएको छ ।

विद्यार्थीको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न, खोज अनुसन्धानका साथै व्यक्तित्व र नेतृत्व विकास गराउने उद्देश्यले शनिबार भएको कार्यशालामा साविकको हाँडीखोला गाविस तथा मनहरी गाउँपालिकाका वडा १ देखि ५ नम्बरका करिब आधा दर्जन विद्यालयका करिब एक सय ५० जनाभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

नवोदयमा अध्ययनरत विद्यार्थीहरुले सहभागीलाई सहजीकरण गरेका थिए । बस्तीपुर जेसीज हाँडीखोलाका अध्यक्ष राजेश भेटवालको अध्यक्षतामा भएको कार्यशाला उद्घाटन कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । बस्तीपुर जेसीजका सदस्य सीएम रिमालको संयोजकत्वमा भएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष तेजप्रसाद उप्रेती रमेशले स्वागत भनाई तथा उपाध्यक्ष रामचन्द्र दाहालले जेसीस आस्थापाठ गरेका थिए ।

कार्यक्रममा अध्यक्ष सल्लाहकार विदुरविक्रम थापा, नवोदय साहित्यिक बगैँचा बाल क्लबकी अध्यक्ष ईलिसा पराजुलीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बस्तीपुर जेसीजका पूर्व अध्यक्ष एवम् नेपाल जेसीज एरिया ‘बी’ का प्रकरण निर्देशक पुष्कल न्यौपाने, पूर्व अध्यक्ष सुनिल अधिकारी, निवर्तमान अध्यक्ष जयराम सुबेदी, जेसीजका बोर्ड सल्लाहकार एवम् नेपाली कांग्रेसका नेता भरत पराजुली, शिक्षक शुसिल गौतम, प्रल्हाद रुपाखेतीलगायतको आतिथ्यता रहेको थियो ।

कार्यशालामा १७३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*