मेलम्ची खानेपानी आयोजनाको सुरुङको सफल परीक्षण

हेटौंडा खबर
१० फाल्गुन २०७७, सोमबार १५:५९

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण गरिएको छ । सोमवार (आज) साढे २६ किलोमिटर सुरुङमा पानी भरेर परीक्षण गरिएको हो।

खानेपानी मन्त्री मणि थापा, नेता शेरबहादुर तामाङ लगायतको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिएको हो ।

यसअघि गत असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । सो क्रममा हेलम्बु गाउँपालिका–१ अम्बाथानको मुख्य गेट फुटेर आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।

सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ। शुरुआती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*