चौकीटोलमा दुईवटा सुमो ठोक्किदा ११ यात्रु घाइते

हेटौंडा खबर
११ फाल्गुन २०७७, मंगलवार ०८:५४

हेटौंडामा दुईवटा सुमो एकआपसमा ठोक्किएका छन् ।

मंगलबार बिहान त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा उपमहानगरपालिका -१ चौकिटोलमा २ वटा सुमो ठक्कर खादाँ ११ जना घाइते भएका छन।

हेटौंडाबाट यात्रु बोकेर काठमाडौं जादै गरेको प्रदेश-३ -०३-००१ज ००२९ नम्बरको सुमो र  चौकीटोल तर्फबाट हेटौंडा आउदै गरेको ना १ ज २४६० नम्बरको सुमो ठोकिदाँ दुवै सुमोका ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको हेटौंडाको विभिन्न अस्पतालमा उपचार भइरहेको र सुमो प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*