नेकपाको प्रचण्ड–नेपाल समूहले बोलायो संसदीय दलको बैठक

हेटौंडा खबर
१२ फाल्गुन २०७७, बुधबार ०९:०१

नेकपाको दाहाल–नेपाल समूहले आज संसदीय दलको बैठक बोलाएको छ ।

सर्वोच्चले संसद पुनर्स्थापना गरेपछि सो समूहले आज अपरान्ह ४ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई उपस्थित हुन आव्हान गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावका विषयमा छलफल हुनसक्ने आँकलन गरिएको छ । यो समूहले गत पुस ५ गते नै ओलीविरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराइसकेको छ ।

यद्यपी काँग्रेसले सहयोग नगरेसम्म प्रस्ताव पास हुने अवस्था भने छैन।

यसमा तपाइको मत

Your email address will not be published.


*