हेटौंडामा नेकपा मकवानपुरले निकाल्यो विजय जुलुस

हेटौंडा खबर
१२ फाल्गुन २०७७, बुधबार १५:१०

प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै नेकपाको प्रचण्ड–नेपाल समूहले मकवानपुरको हेटौंडामा बिजय जुलुस तथा संदेश सभा गरेको छ । हेटौंडाको भुटनदेवी  चौरबाट निस्किएको विजय जुलुस स्कुलरोड हुदै, मानस चोक, चौकीटोल ओरालो हुदै सिमा चोकमा आएर कोणसभा गरिएको थियो ।

जुलुसमा नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्ता उपस्थित थिए। उनिहरुले सर्वोच्च अदालत धन्यबाद, केपी ओली बाई बाई, नेकपा जिन्दाबाद जस्ता नाराहरु लगाएका थिए ।

सिमाचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले सर्वोच्चको फैसलाले सत्यको र नेपाली जनताको जित भएको बताईन् ।

“केपी ओलीले जनताको रगत पसिना बगाएर ल्याएको लोकतन्त्र गणतन्त्र धरापमा पार्न खोजेका थिए तर सर्वोच्चले सत्यको जित हुन्छ भन्ने प्रमाणित गर्यो”, सिग्देलले भनिन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, कुमारी मोक्तानलगायत नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो  ।

यसमा तपाइको मत

Your email address will not be published.


*