हेटौंडामा अर्को ठुलो ‘औद्योगिक क्षेत्र’, मन्त्री भट्टले गरे शिलान्यास

हेटौंडा खबर
१४ फाल्गुन २०७७, शुक्रबार २१:५३

संघिय सरकारले करिव ७ अर्ब दुई करोड ३४ लाखको अनुमानित लागतमा मकवानपुरको हेटौंडामा निर्माण गर्न लागेको ‘मयुरधाप औद्योगिक क्षेत्र’को आज शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिका १३ र १४ मा पर्ने मयुरधापमा औद्योगिक क्षेत्रको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शिलान्यास गरेका हुन् ।

पहिलो चरणमा २ सय बिगाह अर्थात २६ सय रोपनी क्षेत्रफ़लमा फैलिएको जग्गामा सरकारले ‘औद्योगिक क्षेत्रु बनाउन लागेको हो । २०७२ साल चैत १ गतेको मन्त्रिपरिषद् बैठकले मयुरधापमा रहेको ३ सय बिगाह क्षेत्रफलको खाली जग्गामा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो ।

औधोगिक क्षेत्रको शिलान्यासपछी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले राजनीतिक अस्थिरता रहेसम्म देशमा विकास हुन नसक्ने बताए । शिलान्यास कार्यक्रममा हेटौंडा आएका मन्त्री भट्टले प्रचण्ड-नेपाल समुहको निकै आलोचना गरे उनले घर भित्र प्रतिपक्ष जन्मिएकाले सरकारले सोचेजति काम गर्न नसकेको भन्दै कटाक्ष गरे उनले प्रधानमन्त्रीले संसद बिघटन गर्नु बाध्यता भएको बताउदै सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै संसद फेस गर्ने बताए ।

उनले सम्बोधन भरि केपी ओलीको गुनगान गाए भने प्रचण्ड नेपाल पक्षको आलोचना मात्र गरे । उनले प्रचण्ड नेपाल पक्षलाई अझै आफुले गरेको गलत काम स्वीकारेर पुरानै अवस्थामा फर्कन आग्रह गरे ।

त्यस्तै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पनि प्रचण्ड-माधव पक्षलाई नै आलोचना गरे । उनले अहिले अघि बढिरहेको बिकासको गति नरुचाउने मान्छेहरु धेरै रहेको र बिकासको काम अवरुद्ध बनाउने खेलहरु भैरहेको बताए ।

मयुरधाप औद्योगिक क्षेत्रभित्र २०७५ कात्तिक ५ गतेदेखि परियोजना कार्यालय स्थापना समेत गरिएको थियो । सो क्षेत्रमा मन्दिर, वन तथा बस्तीहरु पर्ने भएपछि २०७३ वैशाख १२ गतेको मन्त्रिपरिषद् बैठकले क्षेत्रफल घटाएर मयुरधापको १ सय ३४.८६ हेक्टर (१९९.१२ बिगाह) क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो ।

७ देखि १४ रोपनीको आकारमा ६२ वटा औद्योगिक प्लट रहने औद्योगिक परिसरमा करीब ५ दर्जन बढी उद्योग प्लान्ट रहने जनाइएको छ । औद्योगिक क्षेत्रपरिसरमा ६२ वटा औद्योगिक प्लट छुट्याइएको छ । छुट्याइएको प्रत्येक प्लटमा ७ देखि १४ रोपनीसम्म जग्गालाई विभाजन गरिएको छ । औद्योगिक क्षेत्रमा संघीय सरकारको निर्णयअनुसार सुरक्षण मुद्रण विभागलाई २ सय ५० रोपनी जग्गा उपलब्ध गराइसकिएको हेटौँडा औद्योगिक क्षेत्र प्रवन्धक राजेन्द्रप्रसाद कँडेलले बताए ।

आज शिलान्यास भएको नया औधोगिक क्षेत्रको पुर्वमा मयुरधाप बस्ति, पच्चिममा कालापानी बस्ति, उत्तरमा रातोमाटे डाडा र दक्षिण उत्तरपानि चुरे बन छ । यो औधोगित क्षेत्र हेटौंडाबजार भन्दा ३ किलोमिटर पच्चिममा पर्दछ ।

औद्योगिक क्षेत्रमा स्थापना हुने विभिन्न उद्योगबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करिब १० हजारले रोजगारीको अवसर प्राप्त गर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*