हेटौंडाका बलामी बकाइनोको रुखमा झुण्डिएको अस्वथामा फेला

हेटौंडा खबर
१९ फाल्गुन २०७७, बुधबार ०९:३५

हेटौंडामा आज बिहानै एक पुरुषको शव फेला परेको छ। हेटौंडा उपमहानगरपालिका १६ हटियामा घर छेउको बकाइनोको रुखमा झुण्डिएको अस्वथामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उक्त सव ५० वर्षीय रामकृष्ण बलामीको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हालः घटनास्थलमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोली रहेको जनाइएको छ।

मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइने तयारी भैरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*