हेटौंडामा नगरकप भलिबल प्रतियोगिता सुरु

हेटौंडा खबर
१९ फाल्गुन २०७७, बुधबार २१:०५

हेटौंडामा नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । केशबलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा आजदेखि हेटौंडामा  प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन् हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले गरे । सो क्रममा मेयर महतले खेल क्षेत्रमा स्थानीय सरकारले सक्दो सहयोग गरेको र सहयोग गर्ने बताए ।

हेटौंडा–४ हुप्राचौर खेलमैदानमा सुरु भएको प्रतियोगिता आगामी फागुन २२ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, हेटौंडा ४ का वडा अध्यक्ष नबिन सिग्देल, हेटौंडा १२ का वडा अध्यक्ष ललित घलान, हेटौंडा १९ का वडा अध्यक्ष नरनाथ सुवेदी लगायतकाको आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा महिलातर्फ १० र पुरुषतर्फ १३ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः ५० हजार रुपैयाँ र ३० हजार रुपैयाँ नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै, विधागत उत्कृष्ट खेलाडीले जनही २ हजार ५ सय रुपैयाँ नगदसहित पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*