निजि क्लिनिक धाउने हेटौंडा अस्पतालका डाक्टरलाई स्पस्टिकरण सोधियो

हेटौंडा खबर
२० फाल्गुन २०७७, बिहीबार १२:०१

आफ्नो ड्युटी समय नै पुरा नगरी निजि स्वास्थ्य सस्थामा धाउने हेटौंडा अस्पतालका २ चिकित्सकलाई स्पस्टिकरण सोधिएको छ ।

हेटौंडा अस्पतालमा कार्यरत सर्जन डाक्टर साजिद अन्सारी र छाला रोग बिशेषज्ञ डाक्टर बुद्धीराज पाण्डेलाई स्पस्टिकरण सोधिएको हेटौंडा अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन डाक्टर प्रविन श्रेष्ठले बताए ।

डाक्टर साजिद अन्सारी आफ्नो ड्युटी समयमै निजि क्लिनिकमा भेटिएको र डाक्टर बुद्धीराज पाण्डेले अस्पतालमा आएका बिरामीलाई निजी मेडिकलमा औषधी खरिद गर्न पठाउने गरेको थाहा भएपछी उनीहरुलाई स्पस्टिकरण मेसु डाक्टर श्रेष्ठले बताए ।

उनका अनुसार यसअघि पनि उनीहरुलाई कारवाही गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*