सरकार र नेकपा विप्लव समुह बिच भएको सहमति सकारात्मक : कमल थापा

हेटौंडा खबर
२० फाल्गुन २०७७, बिहीबार १२:२५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले संवाद र शान्तिपूर्ण राजनीतिको माध्यमबाट समस्याको समाधान खोज्ने सरकारको प्रतिबद्धता स्वागत योग्य रहेको बताएका छन् ।

आज (बिहीवार) सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति भएपछि सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै अध्यक्ष थापाले नेपाल सरकार र नेकपा विप्लव समूहबीच भएको सहमति सकारात्मक रहेको प्रतिक्रिया जनाएका हुन् ।

उनले लेखेका छन्, ‘नेपाल सरकार र नेकपा विप्लव समूहका बीचमा भएको सहमति सकारात्मक छ । संवाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागतयोग्य छ ।’

यसमा तपाइको मत

Your email address will not be published.


*