हेटौंडामा बन्ने भयो ‘पिप्ले क्याम्पा रंगशाला’

हेटौंडा खबर
२० फाल्गुन २०७७, बिहीबार १३:१२

हेटौंडामा उपमहानगरपालिका ५ क्याम्पाडाडामा रंगशाला बन्ने भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको प्रमुख सहयोगमा जनस्तरबाट पिप्ले क्याम्पा रंगशाला निर्माण गरिन लागिएको हो । रंगशाला निर्माण कार्य आजदेखि सुरु गरिएको छ ।

करिव ५ बिगाह क्षेत्रफ़लको खालि जग्गामा झन्डै १० हजार दर्शक अटाउने गरी रंगशाला निर्माण गर्न लागिएको हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा अध्यक्ष राजेश बानियाले बताए ।

रंगशाला निर्माणका लागि पहिलो चरणमा वडा कार्यालयले ११ लाख र प्याराफिट बनाउनको लागि उपमहानगरपालिकाले २० लाख सहयोग गरेको छ । अर्को वर्ष १ करोड बजेट छुट्याउने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले बताए । ‘निजि र जनस्तर बाट रंगशाला  निर्माण हुन्छ, त्यसमा हेटौंडा उपमहानगरपालिकाको प्रमुख सहयोग रहनेछ’, उनले भने, ।

रंगशाला २ वर्ष भित्र बनाइसक्ने र यसलाई खेलाडी उत्पादन गर्ने हब बनाउने वडाअध्यक्ष बानियाले बताए । ५ नम्बर वडामा रंगशाला बन्नु गौरवको बिषय भएको बताउदै बानियाले सम्पूर्ण वडाको केन्द्रमा पर्ने भएकाले क्याम्पाको खालि जग्गामा रंगशाला निर्माण गर्न लागिएको बताए ।

रंगशालाको निर्माण पहलकर्ता सुशील घिमिरे तथा पिप्ले युवा क्लब रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*