हेटौंडाबाट ५० हजार घुससहित सव इन्जिनियर रङ्गेहात पक्राउ

हेटौंडा खबर
२१ फाल्गुन २०७७, शुक्रबार १५:५५

५० हजार घुस रकम सहित हेटौंडाबाट एक कर्मचारी रङ्गेहात पक्राउ परेका छन् । प्रदेश सरकार उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगतको पर्यटन विकास आयोजनामा कार्यरत सव इन्जिनियर नेत्र प्रसाद लामिछाने घुस रकम सहित पक्राउ परेका हुन् ।

उनलाई विशेष सुराकीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं टंगालबाट खटिएको टोलीले रकम सहित उनलाई पक्राउ गरिएको आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद रिसालले बताए । उनलाई थप अनुसन्धानको लागि हेटौंडाबाट काठमाडौं लगिएको छ ।

चितवनको माडी नगरपालिका स्थायी घर भएका ४० वर्षिय लामिछाने एक वर्ष देखि पर्यटन विकास आयोजनाका कार्यरत कर्मचारी हुन् । उनको धादिङ, चितवन, रसुवा र नुवाकोट कार्यक्षेत्र रहेको पर्यटन विकास आयोजनाका प्रमुख विष्णु प्रसाद भण्डारीले बताए ।

उनले धादिङ जिल्लाको खनियाँवासमा आव २०७५/०७६मा निर्माण गरिएको पर्यटन पदमार्गको धरौटी रकम फिर्ता गर्ने कामको शिलशीलामा सेवाग्राही सँग रकम लिएको पाइएको भण्डारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*