ओली पक्षले हेटौंडामा ‘सै पनि एमाले, मै पनि एमाले’ भन्दै लड्डु खाए

हेटौंडा खबर
२३ फाल्गुन २०७७, आईतवार १८:१९

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि ओली पक्षका कार्यकर्ताले हेटौंडामा खुसियाली मनाएका छन् । हेटौंडाको बुद्धचोकमा ओली पक्षका हेटौंडाका नेता तथा कार्यकर्ताले ‘सहि पनि एमाले मै पनि एमाले’ बोलको चुनावी गित बजाएर नाचगान गरेका छन् ।

बुद्ध चोकमा उनीहरुले खुसियाली बाढ्दै लड्डु खाए । उनीहरुले ‘मार्चंड जिरो भो केपी ओली हिरो हो’ जस्ता नारा लगाए ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता सर्वोच्च अदालतले आज खारेज गरिदिएको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि ओली प्रचण्डको नेकपा खारेज भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*