पेरिसडाँडा बैठक : माधव पक्ष एमालेमै, प्रचण्ड पक्ष माओवादीमै

हेटौंडा खबर
२४ फाल्गुन २०७७, सोमबार २०:१५

साविक नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले पूर्व एमाले र पूर्व माओवादी केन्द्र अलग-अलग भएर जाने निर्णय गरेको छ।

पेरिसडाँडामा बसेको दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो। पेरिसडाँडामा बसेको बैठकपछि पत्रकारसँग बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘एमाले र माओवादी केन्द्र बन्ने नै भयो। नेकपाको अन्तिम बैठक हो यो।’ समूहले सर्वोच्च अदालतको आइतबारको फैसलामा गम्भीर असहमति प्रकट गरेको छ ।

सोमबार कोटेश्वरको पेरिसडाँडामा बसेको दाहाल–नेपालसमूहको बैठकबाट बाहिरिएका नेता झलनाथ खनालले अदालतले राजनीतिक फैसला गरे पनि आफूहरु अलग अलग भएर जाने बताएका छन्  । नेपाल पक्षले त्यसअघि राजधानीको एक होटलमा बसेर नेकपा एमालेमै फर्किएर संघर्ष गर्ने निष्कर्ष निकालेको थियो।

यसअघि सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको छ । यस्तै प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा खारेज गर्दै अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*