ओली पक्षधर केन्द्रीय सदस्यहरुको बालुवाटारमा भेला

हेटौंडा खबर
२८ फाल्गुन २०७७, शुक्रबार १३:०१

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षधर केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली पक्षधर केन्द्रीय सदस्यहरु भेला हुन लागेको एक केन्द्रीय सदस्यले पुष्टि गरे ।

सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएका छन् । यही सन्दर्भमा प्रधानमन्त्री ओलीले अब कसरी अघि बढ्ने ? भन्नेबारे रणनीति बनाउनको लागि आज केन्द्रीय सदस्यहरुलाई बालुवाटार बोलाउन लागेका हुन् ।
यसअघि, हिजो र अस्ति माधव कुमार नेपाल पक्षले पनि आफू पक्षधरको भेला गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*