सुनको मूल्य आज घट्यो

हेटौंडा खबर
२८ फाल्गुन २०७७, शुक्रबार १३:२२

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ६०० रुपैयाँले घटेर ८६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बिहीबार सुन तोलामा ८६ हजार ८०० रुपैयाँ कायम भएको थियो । सोही परिमाणको तेजावी सुनलाई आज ८५ हजार ७५० रुपैयाँ पर्नेछ ।

यता, चाँदीको मूल्य पनि घटेको छ । हिजो एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*