केपी ओली ‘धुर्बे हात्ती’ बन्न खोजे, १५ दिन भित्र हैसियत देखिन्छ : बिरोध खतिवडा

हेटौंडा खबर
२८ फाल्गुन २०७७, शुक्रबार २१:४५

नेकपा एमालेका नेता बिरोध खतिवडाले केपी ओली ट्रयाक भन्दा बाहिर गैरहेको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज महासचिवबाहेक सबै पदाधिकारीलाई एकलौटी ढंगले हटाएपछी उनले यस्तो बताएका हुन् ।

एक संचार माध्यम संगको कुराकानीमा खतिवडाले केपी ओली धुर्बे हात्ती जस्तै बनेर आफ्नो सिमा नाग्न थालेको बताउदै, आफ्नो सिमाना नाग्ने हात्तीलाई सांग्लाले बाधेर राख्नुपर्ने उदाहरण दिए । कम्युनिष्ट आन्दोलन बचाउन नभई कम्युनिष्ट आन्दोलन ध्वस्त बनाउन ओली लागेको उनले आरोप पनि लगाए ।

उनले ओली निच, बेईमान र स्वार्थि नेता भएकोले उनलाई संसद र पार्टीबाट हटाइने पनि बताए ।

“पार्टी एकता बच्छ भनेर हामि चुप लागेर बसेका हौँ, केपी ओलीले हैसियत देखाए अब उनको हैसियत देख्न १५ दिन बढी कुर्नु पर्दैन, फुटपाथमा कचौरा लिएर हिडिरहेका हुन्छन्” उनले भने ।

माओवादीबाट आएका रामबहादुर थापा ‘बादल’ सहित २३ माओवादी नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरी एमालेकै पदाधिकारीलाई हटाएपछि नेकपा (एमाले) को माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले ओलीले एमालेलाई विभाजनको दिशातिर लगेको निष्कर्ष निकालेको छ ।

साथै अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकका निर्णय नमान्ने नेपाल–खनाल समूहले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*