एकाबिहानै मकवानपुरमा दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु

हेटौंडा खबर
२९ फाल्गुन २०७७, शनिबार ०८:२६

मकवानपुरमा रात्रीबस र ट्रक ठोक्किएर दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ शनिबार बिहान ३ बजे पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका -६ सुनाचुरी सडकखण्माडमा दुर्घटना अन्य हुँदा ९ जना घाइते भएका छन ।

हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र मनहरीबाट हेटौंडाआउदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक एक आपसमा ठोक्किदा बसका चालक सहित बसमा सवार ३ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा बस चालक वीरगन्ज महानगरपालिका १५ का अन्दाजी ३५ बर्षीय मदन कुमार थापा क्षेत्रि बसमा सवार भारत सिस्वा बस्ने अन्दाजी ४० बर्षीय अभयलाल कुश्वाह र भारत विहारका ४० बर्षीय सुनिल कुमार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ट्रक चालकसहित ट्रकमा सवार ३ जना र बसका अन्य ७ जना घाइते भएकोमा उनीहरुको उपचार भैरहेको छ । बस तिब्र गतिमा रहेकाले अनियन्त्रित भई ठोक्किएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*