हेटौंडाको राप्ती खोलामा एक युवकको शव फेला

हेटौंडा खबर
१ चैत्र २०७७, आईतवार १९:१७

हेटौंडाको राप्ती खोलामा आईतवार (आज) एक पुरुषको शव फेला परेको छ ।

हेटौंडा उपमहानगरपालिका ११ थानाभर्‍याङका  २५ वर्षिय अर्जुन बुढाथोकी शव राप्ती पुलमुनी फेलापरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार हाल शव पोष्टमाटमको लागि हेटौंडा अस्पतालमा राखिएको छ ।

शवको प्रकृति हेर्दा पुलबाट खसेको जस्तो देखिएको तर पोष्टमाटमको रिपोर्ट आएपछि मात्र घटनाबारे भन्न सकिने प्रहरीले बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*