८० वर्षको उमेरमा मकवानपुरकी ‘ठुलीमाया’ले पाइन् नागरिकता

हेटौंडा खबर
२ चैत्र २०७७, सोमबार ११:४९

मकवानपुरकी एक चेपाङ बृद्धाले ८० वर्षको उमेरमा नागरिकता पाएकी छन् ।

जिल्लाको राक्सिराङ गाउपालिका निवासी ठुली माया प्रजाले ८० बर्षपछी नागरिकता हातमा पर्दा निकै खुसीको अनुभूति गरिन् ।  बि.स १९९७  साल असार १० गते जन्मिएकी ठुलीमायालाई आइतबार जिल्ला प्रसासन कार्यालयले नागरिकता प्रदान गरेको हो ।राक्सिराङ गाउपालिकाको सिफारिसमा उनले नागरिकता प्राप्त गरेकी हुन् ।

आईतबार जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रशासकीय अधिकृत देब चन्द्र गर्तौलाले प्रजालाई नेपाली नागरिकता हस्तान्त्रण गरेका हुन् ।

८० बर्षपछी आफ्नो नागरिकता बन्दा ठुलीमायाले खुसि व्यक्त गरिन । उनि १९९७ सालमा जन्मिएर पनि आजसम्म नागरिकता बिहिन भएर बसेकी थिईन् ।

२५ सय भन्दा बढीले बनाएका छैनन् नागरिकता

जिल्लाको बिकट मानिने राक्सिराङमा अधिकांस चेपाङ समुदायको बाहुल्यता छ । गरिवी र चेतनाको अभावका कारण राक्सिराङका अधिकांस चेपाङ नागरिकताबाट आजसम्म पनि बन्चित छन् ।

गाउँपालिकामा १८ वर्षा पुरा भएका २५ सय बढी चेपाङहरु नागरिकता बिहिन रहेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । उनका अनुसार गाउँपालिकाको खैरांग लगायतका गाउँका स्थानीय सदरमुकाम हेटौंडा आएर नागरिकता बनाउन ३ दिन लाग्ने भएकाले खर्चको अभावले पनि नागरिकता पाउन र सरकारको सेवा सुविधाबाट बन्चित भएका हुन् ।

बिहान बेलुका हातमुख जोड्न समस्या हुने राक्सिराङका चेपाङ समुदायले खर्चकै अभावका कारण सरकारी सेवा सुविधाबाट बन्चित छन् भने ७० वर्षा कटेकाले पाउने सामाजिक सुरक्षा भत्ताबारे त चेपाङ समुदाय जानकार नै छैन ।

बर्षा याममा बाटोका कारण र हिउदमा केहि महिनालाई पुग्ने मनै,कोदो जस्ता अन्न सकिएपछी बिहान बेलुकी छाक टार्न भौतारिनु पर्ने कारणले पनि चेपांग समुदायलाई नागरिकता बनाउन भन्दा नबनाउने बेस लागेको बुझ्न सकिन्छ ।

यो समुदायमा नागरिकता नबनेकै कारण ५ पुस्ता सम्मको जग्गा नामसारी नभएको अवस्था देखिएको गाउँपालिका अध्यक्ष मल्लले बताए ।नागरिकताबाट बन्चित समुदायलाई गाउँमै सिविर लगेर नागरिकता वितरण गर्नको लागि पहल गरिरहेको मल्लले बताएका छन् ।

‘हामीले अस्ति गाउँका करिव ७० जना चेपाङलाई जिल्ला प्रसासन कार्यालयमै लगेर नागरिकता प्रदान गर्यौं, सिडिओ साव संग हामीले पहल गरिरहेका छौं, सिविर संचालन गरी गाउँमै पुगेर नागरिकता दिन पाए सहज हुने थियो’, उनले भने ।

मकवानपुरको राक्सिराङ गाउँपालिकाका बिकट गाउँहरुका नागरिकले अझै पनि नागरिकता पाउन सकेका छैनन् । गरिवी, अशिक्षाका साथै हेटौंडा सम्म आएर नागरिकता बनाउन खर्च लाग्ने भएकाले पनि राक्सिराङका स्थानीयले सरकारी सेवा सुविधा उपभोग गर्न पाएका छैनन् ।

३ तहको सरकार र गाउँगाउँमा सिङ्गदरबार भनिरहदा मकवानपुरको राक्सिराङमा गाउँपालिकामा भने २५ सय बढीले अझै नागरिकताबाट बन्चित भएर बसिरहनु परेको अवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*