केपी ओलीको चिया खान गएनन् नेपाल–खनाल पक्ष

हेटौंडा खबर
३ चैत्र २०७७, मंगलवार १२:२३

प्रधामनन्त्री केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रम एमालेको माधव नेपाल झलनाथ खनाल पक्षले बहिष्कार गरेको छ। प्रधामनन्त्री निवास बलुवाटारमा मंगलबार बिहान आयोजना गरेको सो चियापनमा असन्तुष्टि जनाउँदै नेपाल खनाल पक्षले बहिष्कार गरेको हो।

चियापान बहिष्कारपछि भावी रणनीति तयार गर्न स्थायी कमिटी बैठक बोलाएको छ । मंगलबार आयोजना गरेको सो बैठकले राष्ट्रिय कार्यकर्ता भेला र त्यसपछिका योजना तय गर्ने एक नेताले बताए ।

एमाले स्थायी कमिटीका २२ जना सदस्यमध्ये नेपाल पक्षमा ११ जना छन् । पार्टी अध्यक्ष केपी ओलीले फागुन २८ गतेको विशेष बैठकका निर्णय खारेज नगरे समानान्तर कमिटी सञ्चालन गर्ने तयारी नेपाल पक्षको छ ।

सोमबारको वार्ता फलदायी नभएपछि नेपाल पक्षले आफ्नो समूहमा रहेका केन्द्रीय सदस्य र सांसदहरुको भेला गरेको थियो । सो भेलामा एमालेमा एकताबद्ध भएर जाने सम्भावना कमजोर भएको निष्कर्ष निकालिएको थियो ।

४ र ५ चैतमा आयोजना गरेको भेलाको बारेमा जानकारी दिन नेपाल पक्षले मंगलबार दिउसो पत्रकार सम्मेलन आयोजना गरेको छ । नेपाल पक्षको भेला ललितपुरको हेरिटेज ब्यांक्वेटमा हुँदैछ । भेलामा ३ हजार भन्दा बढी कार्यकर्ता सहभागी हुने आयोजकको दावी छ

यसमा तपाइको मत

Your email address will not be published.


*