मकवानपुरगढीमा बाँदर धपाउने उपकरण वितरण गरिदै

हेटौंडा खबर
३ चैत्र २०७७, मंगलवार १८:२१

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बाँदर धपाउने उपकरण वितरण गर्ने भएको छ

गाउँपालिकाले किसानको खाद्यन्न बाली बाँदरले नोक्सान गरेपछि बाँदर धपाउन उपकरण वितरणको तयारी थालेको हो । बाँदरका कारण वर्षौँदेखि बाली बिरुवामा नोक्सानी खेप्दै आएका गाउँपालिकाभित्रका किसानहरुको समस्यालाई मध्यनगर गर्दै ठूलो आवाज आउने बाँदर धपाउने उपकरण वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए ।

गाउँपालिकाले बजेट विनियोजन गरी किसानलाई बाँदर धपाउने २८० वटा उपकरण वितरण गर्न लागेको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले जानकारी दिए ।

उपकरण जीवजन्तुलाई तर्साउन÷डराउनका साथै बालीविरुवामा आएकालाई भगाउन प्रयोग हुने जनाइएको छ । बन्दुक पड्काएको जस्तो आवाज आउने उपकरणबाट ठूलो आवाज आउने भएकाले बाँदरसहित अन्य जीवजन्तु भगाउन सकिने अनुमान गाउँपालिकाले लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*