योगेशले भने – ‘छुलिया ग्यांङको कुप्रचारको भ्रममा नपर्नु, भेला हुन्छ’

हेटौंडा खबर
४ चैत्र २०७७, बुधबार ०८:५२

एमालेका माधव नेपाल-झलनाथ खनाल पक्षका प्रचार विभाग प्रमुख योगेश भट्टराईले पूर्वनिर्धारित राष्ट्रिय भेला तोकिएको स्थान र समयमा हुने बताएका छन् ।

संस्थापन पक्षले पार्टीको तर्फबाट कुनै भेला नराखेको भनेर विज्ञप्ति जारी गरेपछी उनले ओली समूहलाई ‘छुलिया ग्यांङ’ को संज्ञा दिँदै भ्रममा नपर्न अपील गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘छुलिया ग्यांङको कुप्रचारको भ्रममा नपर्नु होला । नेकपा एमालेको आज र भोलिको राष्ट्रिय भेला तोकिएको समय र स्थानमा हुनेछ ।
माधव नेपाल-झलनाथ खनाल समूहले प्रधानमन्त्री केपी ओलीको कार्यशैलीविरुद्ध ललितपुरमा राष्ट्रिय भेलाको आयोजना गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*