६० वर्ष पुगेका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता

हेटौंडा खबर
४ चैत्र २०७७, बुधबार ०९:२७

चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारका लागि लोक कल्याणकारी कोष स्थापना गरेको छ । संघका अनुसार ६० वर्ष माथिका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता दिइने छ ।

संघको २१ औं वार्षिक साधारणसभामा कल्याणकारी कोष घोषणा गरिएको हो । “६० वर्ष उमेर पुगेका चलचित्र पत्रकारलाई मासिस ६ हजार रुपैयाँ दिने योजना अनुसार कोष घोषणा गरेका हौं,” चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाले भने, “जेठ ७ गते यसबारे थप जानकारी दिने कार्यक्रम रहेको छ ।”

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल चलचित्र पत्रकार संघ नेपालले अघि बढाएको पत्रकार कल्याणकारी कोष अभियानको शुभारम्भ गरेका छन् । कोषले ६० वर्षभन्दा माथिका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता दिने तथा समस्यामा परेका चलचित्र पत्रकारहरुको हितमा काम गर्ने उद्देश्यले कोषको स्थापना गरेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*