हेटौंडामा जारी गोल्डकपको आजको खेलमा मकवानपुर बिजयी

हेटौंडा खबर
४ चैत्र २०७७, बुधबार १७:५५

हेटौंडामा जारी  स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको आजको सेमिफाइनल खेलमा रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ विजयी भएको छ । आजको जित संगै घरेलु टिम मकवानपुरले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

हेटौंडा–१० फरेस्ट्री खेल मैदानमा भएको खेलमा रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ ले ४ –३ गोल अन्तरले मछेन्द्र क्लबलाई पराजित गरेको हो । खेलको दोस्रो हाफको २२ औं मिनेटमा मकवानपुर ११ का अमिर श्रेष्ठले गरेको आकर्षक गोलनै आजको निर्णायक गोल बन्यो ।

आजको म्यान अफ द म्याच अमिर श्रेष्ठ भएका छन् । उनले  हजार प्राप्त गरेका छन् ।

कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख हात पार्नेछन, भने उप–विजेताले ५ लाख प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*