महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन सुझाव

हेटौंडा खबर
४ चैत्र २०७७, बुधबार १९:१५

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारमा जानको लागि मरिहत्ते गर्न नहुने धारणा राखेका छन् ।

रिपोर्टस् क्लबमा उनले अहिलेको परिस्थितिमा प्रधानमन्त्रीको लागि सबैभन्दा उत्तम पात्र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर हुने बताए ।

उनले अहिले पार्टीहरू झैझगडामा लागेको टिप्पणी गरे । दलका नेताहरू झैझगडामा उत्रिएकोले देश समस्यामा परेको सुनाए । उनले सबै दलभित्र अहिले आन्तरिक झगडा रहेको दाबी गरे ।

उनले भने,‘नेकपा एमले भित्र झगडा छ । संसद्मा स्थिरता देखिँदैन । उनीहरू झगडा गरुन् न, हामीले के पायौँ त ? हामीले त नेकपालाई दुई तिहाइ मत दिएका थियौँ । हामीले खोजेको कुरा यही हो त ? एउटा नेता पनि चोखो छैनन् । सबै नेता नाँग्गै छन् । प्रतिपक्षीले पनि काम गर्न सकेँ । नेपालीले केही पाएनन् ।’

यसमा तपाइको मत

Your email address will not be published.


*