हेटौंडामा भैरहेको गोल्डकपको आजको खेलमा त्रिभुवन आर्मी बिजयी

हेटौंडा खबर
५ चैत्र २०७७, बिहीबार १९:२९

स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप तेस्रो संस्करण २०७७ प्रतियोगितामा बिभागिय टोलि त्रिभुवन आर्मी क्लब प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

बिहिबार हेटौंडा -१० बन बिज्ञान अध्यन संस्थानको खेल मैदानमा भएको दोस्रो सेमिफाइनलक खेलमा बिदेशी टोलि अफ्रिकन रुट्स एशोसियसन लाई १-० गोल अन्तरले पराजित गर्दै बिभागिय टोलि त्रिभुवन आर्मी क्लब प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।त्रिभुवन आर्मी क्लबको तर्फबाट जर्सी नम्बर ११ का खेलाडी आशिष शाक्यले एक मात्र निर्णायक गोल गरेका थिए ।

बिभागिय टोलि त्रिभुवन आर्मी क्लबका जर्सी नम्बर २७ का खेलाडी टेक बहादुर बुढाथोकी प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताको उपाधिका लागि चैत्र ७ गते शनिबार घरेलु टोलि रिगल हेटौंडा रिसोर्ट मकवानपुर -११ सङ्ग बिभागिय टोलि त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछ ।

३ वटा बिभागिय, ३ वटा ए डिभिजन क्लब , एक बिदेशी टिम , एक आयोजक र दुई मोफसलका गरि दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख हात पार्नेछन भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ्न ।

यसमा तपाइको मत

Your email address will not be published.


*