माओवादीसँगै ब्युँतियो ‘वाईसीएल’, राष्ट्रिय भेला गर्ने

हेटौंडा खबर
५ चैत्र २०७७, बिहीबार १९:४७

नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल फेरि सक्रिय भएको छ । नेकपा माओवादी केन्द्र ब्यतिएसँगै वाईसीएल पनि पुनः सक्रिय भएको हो ।

बुधबार र बिहीबार काठमाडौंमा भएको वाईसीएल केन्द्रीय समितिको चौथो पूर्ण बैठकमार्फत् आगामी जेठमा २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । यस्तै राष्ट्रिय भेलाअघि दुई लाख नयाँ सदस्यतासमेत वितरण गर्ने निर्णय गरेका छ ।

राष्ट्रिय भेलाअघि टोल कमिटीदेखि प्रदेश कमिटीसम्मका भेलाहरु आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधि प्रदेश भेलाबाट चुनिएर आउने पनि जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*