सुनको भाउ आज घट्यो

हेटौंडा खबर
६ चैत्र २०७७, शुक्रबार १२:२९

स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबार तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ८६ हजार ७०० रुपैयाँ पर्ने भएको हो ।

सोही परिमाणको तेजावी सुनको मूल्य आज प्रतितोला ८६ हजार २५० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।
बिहीबार एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा एक हजार २७५ रुपैयाँ पर्ने महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*