श्रीमतीलाई कुटेर मार्ने श्रीमान पक्राउ

हेटौंडा खबर
६ चैत्र २०७७, शुक्रबार १२:३१

श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा कञ्चनपुरमा श्रीमान पक्राउ परेका छन् । दोधारा चाँदनी नगरपालिका–७ विजयटोलका ४५ वर्षीय मान सिंह दमाईलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो ।

उनले चैत २ गते साँझ मादक पदार्थ सेवन गरी ४४ वर्षीय श्रीमती पान्सरीलाई कुटपिट गरेका थिए। कुटपिटपछि घाइते पान्सरीको उपचारका क्रममा महाकाली अस्पतालमा त्यहि दिन मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले बताए।

चिकित्सकले उपचारका क्रममा पान्सरीको मृत्यु भएको खबर गरेपश्चात मानसिंहलाई प्रहरीले नियन्त्रणमा लिएका हुन् । उनीविरुद्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*