त्रिभुवन आर्मीले जित्यो हेटौंडामा भएको गोल्डकपको उपाधि

हेटौंडा खबर
७ चैत्र २०७७, शनिबार १९:४१

हेटौँडामा शनिबार भएको स्थानीय तह सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७७ को तेस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । फरेष्ट्री खेल मैदानमा भएको फाइनल खेलमा घरेलु टोली मकवानपुर–११ लाई एक गोल गर्दै आर्मीले उपाधि कब्जा गरेको हो ।

पहिलो हाफको ३८ औं मिनेटमा त्रिभुवन आर्मी क्लवका जर्सी नम्बर २७ का टेक बहादुर बुढाथोकीले गरे । उनले गरेको गोलनै उपाधिका लागि निर्णायक बन्यो ।आयोजक क्लब मकवानपुर–११ ले खेलमा गोल गर्न पाएको थुप्रै मौका गुमाउदै उपविजेतामा चित्त बुझाउनु पर्यो ।

खेलको दोस्रो हाफमा घरेलु टोलि रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ ले उत्कृष्ट खेल प्रदर्शन गरेपनि गोल भने गर्न सकेन ।

प्रतियोगिताको विजेता त्रिभुवन आर्मी क्लबले नगद १० लाख रुपैँया सहित रनिङ शिल प्राप्त गरेको छ भने उपविजेता मकवानपुर–११ ले नगद ५ लाख रुपैँया रनिङ शिल्ड प्राप्त गरेका छन् ।खेलको म्यान अफ दी म्याच आर्मीका टेक बहादुर बुढाथोकी घोषित भए । उनले नगद दशहजार रुपैँया प्राप्त गरे ।

त्यसैगरी, लाईफ टाईम एचिवमेन्ट अवार्डबाट पुर्व खेलाडी निर्मल बल लामालाई प्रदान गरिएको छ । विधागत पुरस्कृत हुनुहुने खेलाडीहरुमा खेलको उत्कृष्ट गोलरक्षक आर्मीका विवश चौधरी, उत्कृष्ट डिफेन्डर आर्मीका दीपक गुरुङ ,उत्कृष्ट मिडफिल्डर आर्मीकै सेसेहाङ आङदाम्वे, उत्कृष्ट फरवार्ड मकवानपुर–११ का रञ्जन विष्ट, उत्कृष्ट प्रशिक्षक आर्मीका प्रशिक्षक नवीन न्यौपाने घोषित भए । उनले जनही २५ हजार सहित ट्रफी प्राप्त गरेका छन् ।

हेटौंडामा रहेको हेटौंडा स्कुल अफ म्यानेजम्यान्टले प्रायोजन गरेको ५ लाख ५० हजारको बुलेट बाइक सर्वोत्कृष्ट खेलाडीको रुपमा मकवानपुर–११ खेलाडी अमिर श्रेष्ठले हात पारे ।  बाइकसँगै उनले आयोजकको तर्फबाट ५० हजार सहित ट्रफी प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*