हेटौंडाको मुख्य सडक छेउमै लेखिएको छ : ‘नगरपालिका त अन्धो भयो, तपाइँ हेरेर हिड्नुहोला’

हेटौंडा खबर
९ चैत्र २०७७, सोमबार २१:१५

हेटौंडा उपमहानगरपालिकाको मुख्य सडक मध्यको एक सडक हो सिमा चोकको पूर्वपट्टिको टिसीएन रोड ।

निकै व्यस्त र भिडभाड हुने यो सडकको एक छेउमा एउटा सानो पम्प्लेट गाडिएको छ । त्यहा लेखिएको छ, “नगरपालिका त अन्धो भयो, कृपया तपाइँ हेरेर हिड्नुहोला ” ।

यसरी लेखेर यहा राखिएको निकै भैसक्यो । यो सडकमा हिड्नेले एकैछिन रोकिएरै लेखिएको शब्द पढेर मात्र जान्छन् । यो पढ्ने कोहि मुसुमुसु हास्दै हिड्छन् भने कोही अचम्म मानेर वरिपरी हेर्छन् । कोहिले सोझै हेटौंडा उपमहानगरपालिकालाई मज्जाले गाली गर्छन् ।

यो टिसीएन रोडको नेपाल इन्भेस्टमेन्ट बैंक छिर्ने छेवैमा रहेको खाल्डोमा लेखिएको बोर्ड हो । ढल माथि सडक पेटी बनाएर केहि ठाउमा चेम्बरको ढक्कन नै नलगाई छोड्दा दुर्घटना भएकाले त्यहाका एक व्यवसायीले यस्तो लेखेर टासेका रहेछन् ।

‘यो खाल्डोमा ४ जना परिसके, सडक पेटी बनाएको थुप्रै समय भयो तर यो खाल्डो कसैले  छोपेन, जहिले पनि मेरो पसल अगाडी मान्छे घाइते हुन्छन् । त्यसैले सम्बन्धित निकायले देख्छ की भनेर यस्तो लेखेर राखेको हुन्’, ति व्यक्तिले भने ।

उनका अनुसार यो रोडमा २ ठाउमा यस्ता खाल्डो छन् । खाल्डोमा सधै जसो मान्छे परिरहन्छन् । यस बारे वडा अध्यक्षलाई पनि जानकारी गराएको तर कुनै चासो नदिएको उनि बताउछन् ।

हेटौंडामा थुप्रै ठाउँमा यस्ता खाल्डाहरु छन् । यस्ता कुरामा सम्बन्धित निकायले ध्यान नदिदा दिनहु साना ठुला दुर्घटना भैरहन्छन् । यसतर्फ सम्बन्धित निकायको तुरुन्त ध्यान जानु जरुरी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*