हेटौंडा-कुलेखानी–काठमाडौँ सडक भोलिदेखि संचालनमा आउने

हेटौंडा खबर
१० चैत्र २०७७, मंगलवार १८:३८

दुई महिनादेखि बन्द गरिएको भीमफेदी–कुलेखानी–काठमाडौँ सडक बुधबार बिहानदेखि पुनः सञ्चालन हुने भएको छ

मर्मतसम्भार र कालोपत्र गर्नका लागि यो सडकमा सवारी चलाउन रोक लगाइएको थियो ।

बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका अनुसार भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको छ । ढल तथा पर्खाल निर्माण गरिएको छ ।

प्रदेश सरकारले भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका लागि रु १८ करोड तथा देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडकका लागि रु १६ करोड गरी ३४ करोड बजेट विनियोजन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*