‘रेड जोन’ मा ‘हेटौंडा शहर’ , यहाँको वायु सबैका लागि अस्वस्थ

हेटौंडा खबर
११ चैत्र २०७७, बुधबार १२:३१

पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदुषण बढ्न थालेको छ। यहीक्रममा बागमती प्रदेशको राजधानी हेटौंडाको वायुको गुणस्तर पनि खस्केको पाइएको छ ।

वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई)मा मापन गरिन्छ। एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि  जानुचाहिँ घातक हो।

वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार मंगलबार सिमराको एक्वुआई ३०० पुगेको थियो भने हेटौंडामा २५० पुगेको  थियो। विभागका अनुसार भक्तपुर, सिमरा, हेटौंडा र धनगढीमा वायुको गुणस्तर खस्केको हो।

त्यसो त विभागले दिएको तथ्यांकअनुसार गएको पौष महिनामै हेटौंडा शहर पनि ‘रेड जोन’मा परेको थियो । त्यतिबेला पीएम २.५ को मात्राअनुसार हेटौंडाको वायुको गुणस्तर ११५ दशमलव १९ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको थियो । जुन सबैजनालाई अस्वस्थकर मानिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*