बागमतीमा ‘डोरमणि पौडेल’को पद जोगिने संकेत

हेटौंडा खबर
११ चैत्र २०७७, बुधबार १६:५८

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पद जोगिने संकेत देखिएको छ ।

शिर्ष नेताहरु बिचको छलफलमा गत पौष १० गते हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव फिर्ता लिने सहमति भएको बुझिएको छ । उनि बिरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने भएपछी बागमतिमा तत्कालका लागि डोरमणि पौडेलको सरकार नढल्ने देखिएको हो ।

सर्वोच्च अदालतले पुर्व एमाले र पुर्व मावोवादी पहिलेकै अवस्थामा ब्युताइदिएपछी पार्टीलाई एकताबद्द बनाउनको लागि फिर्ता लिने कुरो रहेको प्रदेश सभा सदस्य एबम अविश्वास प्रस्ताव दर्ता गराउने समुहकी सांसद रचना खड्काले बागमती खबरलाई बताइन् ।

अविस्वासको प्रस्ताव नेकपा हुदाखेरीको भएको र हाल अदालतलेले ०७५ जेठ २ गतेको सांगठानिक अवस्थामा फर्किने पार्टीको निर्णय अनुसार यो प्रस्ताव फिर्ता लिने पक्षमा आफुहरु रहेको उनले बताईन् ।

उनले भनिन्, ‘ नेकपा एमालेलाई एकताबद्द बनाउने हिसावले अदालतको फैसलाको कार्यानयन गर्न प्रस्ताव फिर्ता हुन्छ, तर पार्टी एकताबद्द गराउनको लागि अविस्वासको प्रस्ताव मात्र फिर्ता गराएर हुदैन, अदालतले पार्टीलाई पहिलेकै अवस्थामा फर्काएपछी पार्टीका संगठन,जिल्ला कमिटि,केन्द्रिय कमिटिलगायत पूर्ववत अवस्थामा रहनुपर्छ,’ ।

उनले गत फागुन २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको बैठक र त्यसले गरेका निर्णयहरु फिर्ता भए आफुहरुले मुख्यमन्त्री पौडेल बिरुद्धको अविस्वासको प्रस्ताव फिर्ता लिन तयार रहेको बताईन् । आफु पार्टी एकताबद्द बनाउन बाधक नबन्ने उनको भनाइ छ ।

उता सामाजिक बिकास मन्त्रालयबाट राजिनामा दिएका पुर्व मन्त्री युवराज दुलालले पनि मुख्यमन्त्री बिरुद्धको अविस्वासको प्रस्ताव फिर्ता लिने कुरामा सकारात्मक देखिएका छन् । उनले भने,’ छलफल भैरहेको छ सायद फिर्ता हुन्छ होला’ ।

नेपाल-खनाल पक्षले सर्वोच्चको फैसला अनुसार पार्टीलाई ३ वर्षअगाडिको अवस्थामा नै फर्काउनुपर्ने माग राख्दै एमालेको फागुन २८ गतेको वैठकले गरेका निर्णय रद्द गर्नुपर्ने बताउदै आएको छ ।

यसलाई हेर्दा मुख्यमन्त्री पौडेलको संकट टर्दै गएको देखिएको छ । गत पुस १० गते पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

प्रदेशसभामा सत्तारूढ नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर पार्टीको दुई र स्वतन्त्र पार्टीका एक गरी ११० जना प्रदेशसभाको सदस्यहरु छन् । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेस गरिएपछि बागमती प्रदेशसभाको बैठक स्थगित हुँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*