हेटौंडाको शहिद स्मारक भित्र रहेको पसल शिल, मनलाग्दी पैसा लिने गरेको पर्यटकको गुनासो

हेटौंडा खबर
११ चैत्र २०७७, बुधबार २०:५५

घुम्न आएका पर्यटकलाई मनलाग्दी ठग्ने हेटौंडाको शहिद स्मारक भित्र रहेको एक पसल प्रशासनको फन्दामा परेको छ ।

हेटौंडा उपमहानगरपालिका ११ मा पर्ने शहिद स्मारक मकवानपुर आसपासका जिल्ला र बिशेष गरी तराईका जिल्लाको प्रमुख पर्यटकीयस्थल हो । तर यहाँ संचालित पसलहरुले उपभोक्तालाई मनलाग्दी ठगिरहेका छन् ।

आउने पर्यटकलाई बजार मूल्य भन्दा निकै महँगो मूल्य लिई विभिन्न सामान बेच्ने साना होटल तथा पसल मध्य एउटा पसल बुधबार मकवानपुर प्रशासनको फन्दामा परेको हो । शहिद स्मारक परिसर भित्रको शहिद स्मारक कोल्ड एण्ड किराना पसललाई आज जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले शिल गरेको छ ।

एक जार पानीको एक सय रुपैंया लिने गरेको प्रमाण फेलापारी उक्त किराना पसल प्रशासनले शिल गरेको हो ।

सामानको बढी मूल्य लिएर उपभोक्ता ठगि गरिरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रसाशन कार्यालय मकवानपुर र उपभोक्ता हित सम्रक्षण मंच मकवानपुरको आकस्मिक अनुगमन टोलीले पसल शिल गरेको हो ।

साथै उक्त पसलबाट हाम्रो स्पेसल दहि नामको लेबल नभएको दहि लगायतका खाद्यान्न सामाग्री बरामद गरिएको छ ।

यो पसल त एक उदाहरण मात्र हो  शहिद स्मारक वरपर रहेका सबै पसलहरुले बजार मूल्य भन्दा निकै बढी मूल्य लिई उपभोक्ता ठग्ने गरेका छन् । गुणस्तरहीन खाध्य सामाग्री बिक्रि वितरण गर्ने गरेको पर्यटकहरुले गुनासो गर्ने गरेका छन् ।

यसतर्फ शहिद स्मारक विकास समिति र प्रशासनको ध्यान जानु जरुरी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*