छात्रामाथि अभद्र व्यवहार गर्ने मकवानपुरगढी स्थित भानु माविका शिक्षक पक्राउ

हेटौंडा खबर
११ चैत्र २०७७, बुधबार २१:१७

छात्रामाथि अभद्र व्यवहार गरेको अभियोगमा मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ स्थित श्री भानु माध्यमिक विद्यालयका शिक्षक किरण पाण्डे पक्राउ परेका छन् ।

बुधबार ३ जना छात्राहरुले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अभद्र व्यवहार गरेको उजुरी दर्ता गराएपछि शिक्षक पाण्डेलाई आजै पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

पाण्डेलाई पक्राउ गरी अभद्र व्यवहार मुद्धामा जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता रिमालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*