चैत्र १३ गतेबाट ‘बागमती गोल्डकप’, सबै तयारी पूरा

हेटौंडा खबर
११ चैत्र २०७७, बुधबार २१:५५

चौँथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताकाको तयारी पूरा भएको छ ।

मकवानपुरको बागमती गाउँपालिकामा चैत्र १३ गतेबाट सुरु हुने गोल्डकपको सबै तयारी पुरा भएको बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ ।

गाउँपालिकाको जनता माद्यामिक विद्यालयको मैदानमा हुने गोल्डकपको उद्घाटन खेल आयोजक टिम, बागमती खेलकुद विकास समिति र नव जनजागृती युवा क्लब सिमरा बीच हुने आयोजकले जनाएको छ ।

गोल्डकपमा थ्रीस्टार क्लब, मकवानपुर-११, एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, बागमती युवा क्लब सर्लाही, विर्तामोड युनाईटेड र अफ्रिकन  रुट् एसोसिएसन क्याम्रुन सहभागी छन् ।

खेलको विजेताले नगद ८ लाख रुपैयाँ र उपविजेताले नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*