हेटौंडामा अत्याधिक वायु प्रदुषण, सावधान रहन चिकित्सकको सुझाव

हेटौंडा खबर
१३ चैत्र २०७७, शुक्रबार १५:२७

बिहानैदेखि हेटौंडामा घाम झुल्केको छैन। हुस्सु, तुवालोले ढाकेजस्तो देखिएको छ। यसले भिजिबिलिटी घटाएको छ। तर तापक्रम भने घटेको छैन। आज हेटौंडाको तापक्रम ३० डिग्री सेल्सियस छ। मानिसहरूले घरबाहिर निस्कँदा आँखा पीरो हुनेजस्ता असजिलो महशुस गरिरहेका छन्।

वातावरण विभागका अनुसार यसो हुनुमा प्रदूषण बढ्नु हो।

हेटौंडा धुवै धुवाँले कुइरीमण्डल बनेको छ । वनबाट फैलिएको धुवाँले हेटौंडा बजार र आसपासका गाउँ सबै ढाकेको छ । केहिदिन देखि हेटौंडा वरपरका वनमा लागेको डढेलोको कारण हेटौंडामा अध्याघिक वायु प्रदुषण बढेको छ ।

सम्बन्धित निकायले वनमा लागेको डढेलो नियन्त्रणमा चासो नदिदा हेटौंडामा वन जलेर सखाप भएका छन् भने धुवाले हेटौंडा सबै ढाकेको छ ।

अत्याधिक वायु प्रदुषणका कारण बाहिर निस्किदा आँखा पोल्ने, पिरो हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएका छन् ।

अहिले हेटौंडामा खालि आँखाले हेर्नै नसकिने गरी धुवै धुवाले ढाकिएको छ ।

वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार मंगलबार हेटौंडाको एक्वुआई २५० पुगेको  थियो।

वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई)मा मापन गरिन्छ। एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि  जानुचाहिँ घातक हो।

हेटौंडाको वायु निकै नै प्रदुषण र खतरा युक्त भएकाले अनावस्यक घरबाट बाहिर ननिस्कन चिकित्सकले आग्रह गरेका छन् ।

वायु खतरा पूर्ण रहेको अवस्थामा ‘वृद्धवृद्धा र बालबालिका बढी जोखिममा रहने भएकाले घरभित्रै बस्न डाक्टर शिवराम न्यौपानेको सुझाव छ । उनका अनुसार धुवाँले आँखै पोल्न थाल्नु भनेको त अझै खतरापूर्ण मानिन्छ ।

यसले आँखामा र स्वास प्रस्वासमा समस्या निम्याउन सक्ने डाक्टर न्यौपानेले बताए । उनले घर बाहिर निस्कनु परे मास्क र चस्माको अनिवार्य प्रयोग गर्न आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*