अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीको अध्यक्षमा अरुण बर्तौला

हेटौंडा खबर
१३ चैत्र २०७७, शुक्रबार १७:३६

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन (अनेरास्ववियु ) मकवानपुर जिल्ला कमिटीको अध्यक्षमा अरुण बर्तौला चयन भएका छन् ।
शुक्रबार मकवानपुर क्याम्पसमा एक कार्यक्रम बिच ८१ सदस्यीय अनेरास्ववियु जिल्ला कमिटीको पूनरगठन गरिएको हो ।

लामो समय देखिको साङ्गठनिक शून्यतालाई हटाउदै नेकपा एमालको नेताहरुको सरसल्लाह र विद्यार्थी इन्चार्ज मिना लामा, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य ईश्वर ढुङ्गाना लगायतको सहभागिता र छलफलको निर्णय अनुसार कमिटी निर्माण गरिएको अनेरास्ववियु केन्द्रिय कमिटि सचिव किशोर टण्डनले जानकारी दिए ।

आज बनाइएको कमिटीको उपाध्यक्षमा शिशिर पराजुली, अमृत बर्तौला, सचिवमा आकास अधिकारी सह सचिवमा कृष्ण चन्द्र पुरी, जोशिना बर्तौला, निर्मल सापकोटा, एसके शर्मा कडेल, उज्ज्वल बर्तौला र रमा देवकोटा चयन भएका छन् ।

कार्यक्रममा अध्यक्ष बर्तौलाले सम्पूर्ण विद्यार्थीको साथ-सहयोग लिएर विद्यार्थीको हक र हितका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाए ।

त्यस्तै विभिन्न क्याम्पस कमिटी र स्थानीय तह कमिटीहरु पनि निर्माण गरिएको टन्डनले जानकारी दिए । विभिन्न स्थानीय तह र क्याम्पस कमिटी निम्न संयोजक र सह-संयोजकको नेतृत्वमा कमिटी निर्माण गरिएको बताइएको छ ।

१. मकवानपुर बहुमुखी क्याम्पस
संयोजकः मनिष गौतम
सह-संयोजकः विश्वास पराजुली
२. हेटौडा क्याम्पस
संयोजकः अन्जन खड्का
सह-संयोजकः शंकर लामा
३. फरेष्ट्रि क्याम्पस (TU)
संयोजकः विमल सापकोटा
सह-संयोजकः सुसन विश्वकर्मा
४. मनहरी बहुमुखी क्याम्पस
संयोजकः कुमार घिसिङ्ग
सह-संयोजकः
५. निर्मल बहुमुखी क्याम्पस
संयोजकः कल्पना ब्लोन
सह-संयोजकः सरु वाइवा
६. हेटौडा उपमहानगरपालिका
संयोजक: सुपेन लामा
सह-संयोजकः रोजन घिमिरे
७. मनहरी गाँउपालिका
संयोजकः वाशु वतीला
सह-संयोजक: अनुजा गुरुङ्ग
८. राकसिराङ्ग गाँउपालिका
संयोजकः यानेन्द्र थिङ्ग
सह-संयोजकः पवन प्रजा
९. कैलाश गाँउपालिका
संयोजकः मनिष बतौला
१०.थाहा नगरपालिका
संयोजकः मनिष लामा
११.ईन्द्रशरोवर गाँउपालिका
संयोजक: रमा देवकोटा
१२. भिमफेदी गाँउपालिका
संयोजकः सुदन विश्वकर्मा
१३. मकवानपुरगढी गाँउपालिका
संयोजकः ईन्द्र प्रसाद लम्साल
सह-संयोजकः संन्चमान भोलन
१४. बैंकैया गाँउपालिका
संयोजक: शंकर लामा
१५. फरेष्ट्रि क्याम्पस (AFU)
संयोजक: निरन्जन रिजाल
१६.पालुङ्ग बहुमखी क्याम्पस
संयोजक: सुशान्त रुम्बा

यसमा तपाइको मत

Your email address will not be published.


*