कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

हेटौंडा खबर
१३ चैत्र २०७७, शुक्रबार २१:३९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । फागुन १४ गते मस्तिष्कघात  भएर अस्पताल भर्ना भएका जोशीको शुक्रबार साँझ निधन भएको हो ।

जोशीलाई एक महिनासम्म नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको शुक्रबार साँझ साढे आठ बजे निधन भएको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जोशीको निधनले एक इमान्दार र निष्ठावान नेता गुमाएको बताएका छन् । जोशीको निधनको खबरले मर्माहित बनाएको भन्दै देउवाले उनको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

मष्तिष्कघात भएपछि फागुन १४ गतेदेखि जोशीको नर्भिक अस्पतालको अति सघन कक्षमा उपचार भइराखेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*