बागमती गोल्डकपको उद्घाटन खेलमा नव जनजागृति क्लब बिजयी

हेटौंडा खबर
१३ चैत्र २०७७, शुक्रबार २१:५३

चौथो बागमती गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ ।

मकवानपुरको बागमती गाउँपालिकामा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नव जनजागृति युवा क्लब सिमराले बिजयी शुरुवात गरेको छ । जनता माबिको खेल मैदानमा भएको खेलमा आयोजकलाई ३९१ ले हराउदै जनजागृति सिमराले अघिल्लो स्थान पक्का गरेको हो ।

खेलको दोस्रो हाफको १६ र २३ औं मिनेटमा जनजागृतिका जर्सी नम्बर १८ का एलोन राइले दुई गोल गरे भने १४ नम्बर जर्सि सुशान्त तामाङले २८ औं मिनेटमा अर्को एक गोल गरे । आयोजकका तर्फबाट जर्सी नम्बर १२ का उमेश लोप्चनले दोस्रो हाफको ३० औं मिनेटमा पेनाल्टीबाट गोल गरे ।

खेलको म्यान अफ दि म्याच जर्सी नम्बर १८ का एलोन राई घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे ।

अबको खेल आइतबार रिगल हेटौंडा रिसोर्ट र एपिएफ काठमाडौबीच हुने आयोजकले जनाएको छ ।

खेलको बिजेतालाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, बिधागत उत्कृष्ट खेलाडीले १०९१० हजार नगद प्राप्त गर्नेछन्

यसमा तपाइको मत

Your email address will not be published.


*