हेटौंडामा चित्तल मृत अवस्थामा फेला, बिद्यार्थीद्वारा बिरोध प्रदर्शन

हेटौंडा खबर
१५ चैत्र २०७७, आईतवार १०:२१

हेटौंडाको बन बिज्ञान अध्ययन सस्थांन परिसर भित्र एक चित्तल मृत अवस्थामा भेटिएको छ ।

आइतबार बिहान फरेष्ट्री क्याम्पस परिसरमा चित्तल मरेको अवस्थामा भेटिएपछी मृत चित्तल सडकमा ल्याएर क्याम्पस प्रशासन बिरुद्द बिद्यार्थीले प्रदर्शन गरेका छन् ।

चित्तललाई कुकुरले मारेको हुन सक्ने अनुमान गरीएको छ ।

बाहिरका भुस्याहा कुकुर र क्याम्पस भित्रै पालिएका कुकुरहरुले हरेक दिन चित्तल मार्ने गरेको बिद्यार्थीहरु बताउछन्  । गएको ५ दिन यता ३ वटा चित्तल मृत भेटिएको फरेष्ट्रीका बिद्यार्थीले बताएका छन् ।

दिनहु बन्यजन्तुको मृत्यु भैरहदा पनि क्याम्पस प्रशासनले कुनै ध्यान नदिएको र अन्य सम्बन्धित निकायले चासो नदिएको भन्दै विद्यार्थीले आज बिहान पुर्व- पच्छिम राजमार्ग अन्तर्गत हेटौंडा १० बन बिज्ञान अध्ययन सस्थांन अगाडीको सडकमै प्रदर्शन गरेका थिए ।

बिद्यार्थीको प्रदर्शनले केहि समय सवारी आवाज-जावन नै रोकिएको थियो  ।

यसमा तपाइको मत

Your email address will not be published.


*