बागमती गोल्डकपको आजको खेलमा मकवानपुर-११ पराजित

हेटौंडा खबर
१५ चैत्र २०७७, आईतवार २१:३५

मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको टोली (एपिएफ)ले मकवानपुर–११ लाई २–० गोल अन्तरले पराजित गरेको छ ।

फापरबारीस्थित जनता माविको खेल मैदानमा आइतबार भएको खेलमा मकवानपुरलाई हराउदै एपिएफ बिजयी भएको हो ।

खेलको सुरुवाती समय देखि नै मकवानपुर ११ ले एपिएफलाई दबाबमा राखेको भएता पनि १६ औं र २२ औं मिनेटमा गोलको अवसर गुमाएको थियो ।
दोस्रो हापको २६ औं मिनेटमा एपीएफका जर्सी नम्बर ७ का प्रदीप लामाले गोल गर्दै टीमलाइ अग्रता दिलाएका थिए । एपीएफकै तर्फबाट जर्सी नम्बर ३ का मानबहादुर रानाले खेलको ४५ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।

दोस्रो हाफमा २ मिनेट सयम थप गरिए पनि मकवानपुरले त्यसलाई सदुपयोग गर्न सकेन । खेलको म्यान अफ दि म्याच एपिएफका जर्सी नम्बर ७ का प्रदीप लामा घोषित भएका छन् । उनले पुरस्कार स्वरुप नगद ५ हजार समेत प्राप्त गरे ।

मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुन लागेको बागमती गोल्डकप फुटबल प्रतियोगितामा १० टिमले सहभागिता जनाएको छ ।

प्रतियोगिताअन्तर्गत १६ गते सोमबार अफ्रकन रुट्स एशोसिएसन क्यामरुन र बिर्तामाड युनाइटेड झापाबीच प्रतिष्पर्धा हुनेछ ।

१७ गते हिमालयन शेर्पा क्लव काठमाडौं र बागमती युवा क्लव सर्लाहीबीच खेल हुने बागमती खेलकुद विकास समितिका सचिव प्रमोद राईले जानकारी दिए । जावलाखेल युथ क्लव ललितपुर र थ्री स्टार क्लवले बाई पाएसँगै क्वाटरफाइनल खेल खेल्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*