अझै धुम्म छ हेटौंडा, गम्भीर स्वास्थ्य समस्या देखापर्न सक्ने विज्ञको चेतावनी

हेटौंडा खबर
१६ चैत्र २०७७, सोमबार ०९:२९

केही दिनदेखि राजधानी काठमाडौं, बागमती प्रदेशको राजधानी हेटौंडालगायत देशका विभिन्न सहरमा देखिएको वातावरण प्रदूषणको उग्र रूपले मानव स्वास्थ्यमा गम्भीर समस्या पर्न सक्ने देखिएको छ ।

प्रदूषणको समयमा अनावस्यक हिँडडुल गर्दा स्वास्थ्यमा दीर्घकालीन समस्या पर्न सक्ने चिकित्सकले बताएका छन् ।

उनीहरूले वातावरण प्रदूषण बढ्दै गएको भन्दै सचेत र सजग रहन सर्वसाधरणलाई आग्रह गरेका छन् । केही दिनयता धुलोधुवाँका कण वातावरणमा अत्यधिक बढेपछि प्रदूषण दर उच्च भएको हो ।

वातावरण प्रदूषण बढ्दै जाँदा यसले अल्पकालीन र दीर्घकालीन जोखिम निम्त्याउने चिकित्सक बताउँछन् । वरिष्ठ छाती रोग विशेषज्ञ सहप्राध्यापक डा. निरज बमले धुम्रपान नगर्ने व्यक्ति पनि वातावरण प्रदूषणका कारण धुम्रपान गरेसरहको समस्याबाट ग्रसित हुनुपर्ने अवस्था आएको बताए ।

चिकित्सकका अनुसार यसका सामान्य असर र दिर्घकालिन असरहरु यस्ता छन्  ।

सामान्य असर
– आँखा पोल्ने
– छाती घ्यारघ्यार हुने
– श्वासप्रश्वासमा अफ्ठेरो
– एलर्जी हुने
– रुघाखोकी

दीर्घकालीन असर
– हृदयघात र पक्षघात बढाउने जोखिम
– फोक्सोमा क्यान्सर
– रक्तचाप बढ्ने
– मुटुसम्बन्धी समस्या

डा. बमका अनुसार यस्तो अवस्थामा १० पीपीएमभन्दा साना धुलोका कण र २.५ पीपीएम (पार्टिकुलेट म्याटर) भन्दा साना ग्याँसका कण श्वासनलीमा प्रवेश गर्छन् र फोक्सोको श्वासनलीका भित्तामा क्रियाप्रतिक्रिया उत्पन्न गराएर श्वासनलीको भित्री भागमा समस्या गर्छ, जसका कारण सो भाग सुन्निन सक्छ ।

यसैगरी, नाकको प्वालदेखि तलसम्म र फोक्सोका श्वासनलीमा एलर्जी गराएर रुघाखोकी लाग्ने, छाती घ्यारघ्यार हुने, सास फेर्नसमेत समस्या देखिने र आँखा पोल्ने, छाला चिलाउनेजस्ता गम्भीर समस्या देखापर्न सक्ने डा. बलमे बताए ।

डा. बमले ग्याँस पदार्थ १० पीपीएमभन्दा साना आर्सनिक, सिल्कालगायत बालुवाका कणहरू सबैमाथि जाने र २.५ पीपीएमभन्दा साना ग्याँसका कार्वनमोनोक्साइड, कार्बन, साइनाइट, सल्फरडाइअक्साइड, नाइट्रोअक्साइड कण फोक्सोबाट रगतका नसासम्म नै पुग्ने बताए । ‘जसका कारण धमनीलाई साघुँरो गराइदिएर रक्तचाप बढ्न सक्छ ।

वातावरण प्रदूषणले हृदयघात र पक्षघात १४ गुणा बढाउने जोखिम बढ्न सक्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*