पछिल्लो २४ घण्टामा थपिए १४१ संक्रमित

हेटौंडा खबर
१६ चैत्र २०७७, सोमबार १६:११

पछिल्लो चौबीस घण्टामा कोभिड–१९ का १४१ संक्रमित थपिएका छन् ।

तीन हजार ११२ जनाको पीसीआर परीक्षण गरिएकोमा १४१ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ९८० पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा ८२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ६१२ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*