माधव नेपाल र भीम रावललाई कारबाही, पार्टी सदस्यबाट ६ महिना निलम्बन

हेटौंडा खबर
१६ चैत्र २०७७, सोमबार १७:३०

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ ।

दुवैजनालाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको छ ।

पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् ।

“यस्तै गतिविधिहरु कायम रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारवाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै, यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारवाही गर्नुभन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु तथा पार्टी सदस्यताबाटै पार्टीको विधान २०४९ (संशोधन २०७१समेत)को धारा ४९ (ख) बमोजिम हाललाई ६ (छ) महिनाको लागि निलम्बन गरिएको छ,” नेता नेपाललाई पठाइएको पत्रमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*